Logo

अर्थ

प्रभु बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले आज (कात्तिक २ गते)देखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १३:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।