Logo

अर्थ

माछापुच्छ्रे सहकारी घोटाला प्रकरण : १०९ जनाविरुद्ध मुद्दा दायर



विराटनगर । विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताको ७ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

सहकारीका अध्यक्ष अमलेश कर्णसहित सहकारीका पदाधिकारी सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजकदेखि सदस्यहरू गरी २१ जना र ८८ जना ऋणी गरी कुल १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनीहरू विरुद्ध सहकारी ठगी विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीले अध्यक्ष कर्णलाई पक्राउ गरिसेको छ । सञ्चालक समिति उपाध्यक्ष सनातन कुमार मण्डल, लेखा समितिको सदस्य तथा हालको सञ्चालक समिति सचिव उत्तम ढुङ्गेल, कोषाध्यक्ष सोमी भगत, सञ्चालक समिति सदस्य सञ्जय भन्ने प्रभाकर थापा, तीर्थ प्रसाद यादव, श्यामराज कोइराला, लेखा समिति संयोजक तथा बजार प्रतिनिधि गोपालप्रसाद ढकाल, लेखा समिति सदस्य सञ्जय कुमार कर्ण, निर्मला चौधरी, ऋण उप–समिति सदस्य पङ्कज कुमार बर्मा, उपाध्यक्ष गोकुल थापा, कोषाध्यक्ष तथा २०७३ पुस १६ गतेको कार्यसमिति सचिव रहेका अमित कार्की, विजय कुमार कर्ण, इन्द्रेश कुमार कर्ण, कोषाध्यक्ष राधादेवी लिम्बू, ऋण उप–समिति सदस्य दिलिपकुमार साह, कार्यसमिति उपाध्यक्ष विनोद महत, सदस्य सूर्यकुमार साह, लेखा समिति सदस्य भीम प्रसाद सिंह र ऋण उप–समिति सदस्य राजु गुप्ता भने फरार छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १६:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।