Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ६५ हजार



काठमाडौं । नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।

यसअघि शुक्रबार सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबाट चाँदीको मूल्य १९ सय ८० रुपैयाँमा कायम रहेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १०:५१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।