काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) कार्तिक १२ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त कित्ता एफपीओ जारी हुनेछ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । लगानीकर्ताले लघुवित्तको एफपीओमा कार्तिक २० गतेसम्म आवेदन दिइसक्नुपर्ने हुन्छ ।




















प्रतिक्रिया