Logo

पत्रपत्रिका

दीपक खड्का हेरेको हेरै, लोग्ने मन्त्री-श्रीमती भान्से



लैनचौर स्थित स्काउटको जग्गा भाडामा लिएर वर्षौंसम्म भाडा नतिरेर अटेर गर्दै आएका वर्तमान सरकारका उर्जा मन्त्री दीपक खड्का प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट प्रयोग गरेको बिजुलीको बक्यौता तिर्न नमान्ने, आफूलाई कथित ठूला उद्योगी भनेर सधै सत्तालाई हतियार बनाउनेहरबाट सञ्चालित उद्योगहरुको विद्युत लाइन एक साथ काटे पछि त्यस्ता उद्योगहरुको लाइन काट्न नदिने र प्राधिकरण प्रमुखबाट कुलमानलाई हटाउने जमर्कोमा लागेका दीपक खड्का ट्वाँ परेर हेरेका हेरै छन् ।

प्राधिकरणले धेरै पटक प्रिमियम शुल्क वापत तिर्नु पर्ने रकम नतिरेर बस्दै आएका उद्योगीहरुको लाइन काट्न गरेको प्रयास राजनीतिक नेतृत्वको दवावमा सफल हुन सकेको थिएन ।

यस पटक पनि उद्योगीहरुले प्रधानमन्त्री केपी ओलीलाई पनि अगाडि सारेर बक्यौता नतिर्नेमा लागेका थिए ।

कांग्रेसबाट सरकारमा उर्जा मन्त्री बनाईएका दीपक खड्का आफै उर्जा क्षेत्रको माफिया मानिन्छन् ।

उनी पनि बरु कुलमानलाई प्राधिकरण प्रमुखबाट हटाउने, उद्योगीहरुको बक्यौता नतिराउनेमा लागेका हुन् ।

जुन दिन प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्ने अन्तिम दिन तोकेको थियो त्यसै दिन बिहान सञ्चालक समितिको बैठक डाकेर उनले तिहारको बेला उद्योगहरुलाई अन्धकारमा नराख्न र तत्काल बक्यौता नतिराउने गराउनेमा लागेका थिए ।

तर, सञ्चालक समितिका दुई जना सदस्य बैठक मै अनुपस्थिति भए पछि यस्तो निर्णय गराउन सकेनन्।

आफ्नो अनुकूलको निर्णय गराउन नसके पछि कुलमान र प्राधिकरणका अधिकारीहरुलाई उद्योगहरुको लाइन नकाट्न भन्दै अन्यथा कारवाही गर्ने भनेर हिड्न लाग्दा कुलमानले मन्त्री परिषदबाट निर्णय गरेर पठाई दिनोस् लाइन काट्न रोक्छौं भने पछि उनी रन्केका थिए ।

पछि साँझ प्रधानमन्त्रीसँग आज उद्योगहरुको लाइन कटिदैछ कुलमानले टेरेन के गर्ने भन्दा प्रम ओली चुपचाप हिडेपछि खड्का हेरेको हेरै भए ।

उता प्राधिकरणले ६ बजे पछि यस्ता ४३ उद्योगहरुको लाइन काटि दियो । लाइन काट्न बाँकी केही उद्योगहरुले धमाधम किस्ता बन्दीमा बक्यौता तिर्न थालेको प्राधिकरणले जनाएको छ ।

यो घटनालाई धेरैले सरकार र कुलमान बीच नयाँ द्वन्दको शिलान्यास शुरु भएको भन्न थालेका छन् । त्यसो त कुलमानको बाँकी अवधि ११ (एघार) महिना मात्र बाँकी छ ।

लोग्ने मन्त्री-श्रीमती भान्से
यो भन्दा गाईजात्रा देशको वर्तमान सत्ता राजनीतिमा अरु हुनै सक्दैन जानकारहरु बताउँछन्। जुन मुलुकमा नेता मन्त्री हुने उनले पाउने सुविधामा आफ्नै श्रीमतीलाई भान्से नियुक्त गरेर तलव हजम गर्ने !

सुदूरपश्चिम सरकारका उद्योग पर्यटक तथा वातावरण मन्त्री बनाईएका लक्ष्मण किशोर चौधरीले पाउने सरकारी सुविधामा आफ्नै श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्त गरेर सरकारबाट तलव बुझिरहेछन् ।

यसरी मन्त्री भएका चौधरीले श्रीमतीलाई भान्सेमा नियुक्त गरेर सरकारी रकम लिएको बाहिरीन थालेपछि आफू अस्वस्थ्य भएको कारण श्रीमतीले तयार गरेको खाना खान बाध्य भएको कारण यसो गरेको चौधरीले बताएका चर्चा साप्ताहिकमा उल्लेख छ ।

उसो भए यस्ता अस्वस्थ व्यक्तिलाई किन मन्त्री बनाइएको भन्दै प्रदेश सरकारका मुख्य मन्त्रीको आलोचना भइरहेछ भने उनलाई मन्त्री बनाउने नागरिक उन्मुक्ति पार्टी माथि चौधरीलाई फिर्ता बोलाउन दवाव बढाउँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार ०६:३३   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।