Logo

समाचार

रविलाई बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगियो



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट भर्खरै सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई मंगलबार बिहान मात्रै काठमाडौंबाट बयानका लागि चितवन लगिएको थियो ।

साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १२:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।