Logo

अर्थ

सेयर बजारमा ५१.३७ अंककाे गिरावट, ५ अर्ब ९३ करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा कायम भएकाे छ ।

आज ५ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जोशी हाइड्रोको १८ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १५:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।