Logo

अर्थ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ५१ जना प्रतिवादी बनाउने तयारी, १ अर्ब ५१ करोड बिगो मागदाबी



काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ ।

कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिलकाे कार्यालयमा उक्त प्रतिवेदन बुझाएको हाे । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीले बताएकाे छ । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी छ । सोमबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात जिल्ला अदालत कास्कीमा दर्ता हुनेछ ।

५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् ।

लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १७:२०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।