काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि हाईब्रिड फन्ड एल–२ योजनाका इकाइहरु निष्कासन अनुमति दिएको छ ।
धितोपत्र बोर्डको अनुमतिसँगै अब एनएमबि म्युचुअल फन्डअन्तर्गत संचालित यस योजनाका इकाइहरु सर्वसाधारणलाई बिक्री खुला गरिनेछ ।
कुल १ अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजनामध्ये १ अर्ब २ करोड रुपैयाँ बराबरको इकाइमात्रै सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । अब यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड २० लाख इकाइ बिक्री खुला गरिनेछ ।
यो म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेका छन् ।




















प्रतिक्रिया