Logo

अर्थ

सार्वजनिक–निजी साझेदारीमा प्रसारण लाइन निर्माण हुने



काठमाडौं । मुलुकमै पहिलो पटक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा प्रसारण लाइन निर्माण हुने भएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अध्ययन गरिरहेका तयारी आयोजनामध्ये ‘तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन’ निर्माण गर्न मंगलबार सम्बन्धित कम्पनीबीच सम्झौता भएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिबीच प्रसारण लाइन निर्माण सम्झौता भएको हो ।

ग्रिड कम्पनीका अनुसार ३२ किलोमिटर लम्बाइ र २२०/१३२ केभीको सबस्टेसन कार्यक्षेत्र रहेको उक्त आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुनेछ । आयोजना ‘निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण’ (बुट) मोडेलमा निर्माण हुनेछ ।

यो आयोजनामा निजी क्षेत्रका पाँच जलविद्युत् कम्पनीले स्वपूँजी लगानी गर्नेछन् । यो प्रसारण लाइन निर्माण गर्न आवश्यक ७० रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिसकिएको छ । निर्माणअघिका सबै काम पूरा भइसकेको ग्रिड कम्पनीले जनाएको छ ।

हाल आयोजनाको ७४ प्रतिशत सेयर विद्युत् उत्पादक कमपनी र बाँकी २६ प्रतिशत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको हुने प्रस्ताव कायम गरिएको छ ।

जसअनुसार रेमिट हाइड्रोलाई १० प्रतिशत, सिम्बुवा रेमिट हाइड्रो ९, क्रिस्टल पावर डेभलपमेन्ट ४२, युनियन हाइड्रोपावर ८ र नेपाल हाइड्रो भेन्चरलाई ५ प्रतिशत तोकिएको छ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १६:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।