Logo

अर्थ

कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उक्त रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५ लाख गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले एक वर्षको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर ५ पुसभित्र राष्ट्र बैंकमा बुझाइसक्नुपर्ने छ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १५:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।