Logo

अर्थ

नेपाल एसबिआई बैंकको सेयर मूल्य नेप्सेमा समायोजन



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३.८० प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४२५.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयर मूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम थियो ।

बैंकले गत आवका लागि ६.८५ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १०.६५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १०:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।