Logo

अन्तर्राष्ट्रिय

चीनमा भूकम्पमा परेर ५३ जनाको मृत्यु, ६२ जना घाइते



काठमाडौं । चीनको तिब्बतस्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पमा परी हालसम्म चीनमा ५३ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७.१ म्याग्निच्युड रहेको जनाएको छ । तर सिजिटिएनले भने ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली नै खटाइसकेको जनाइएको छ ।

 

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ११:४०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।