काठमाडाैं । चीनमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सगरमाथा माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो ।
भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु भएको छ । साथै १३० जना घाइते भएका छन् । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोकाअनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।




















प्रतिक्रिया