काठमाडौं । नेपाल विद्यार्थी संघले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरिएको हातपातलाई न्यायालयमाथिको आक्रमण भएको ठहर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालतको परिसरमा हातपात गरेका थिए ।
संविधानले प्रत्येक नागरिकलाई आफ्नो कानुन व्यवसायी रोज्ने अधिकार मौलिक हकका रूपमा स्थापित गरेको भन्दै नेविसंघले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
आक्रमण संविधान, लोकतन्त्र, विधिको शासन र कानुनी राज्यमाथिको गम्भीर प्रहार भएको नेविसंघद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बुधबार नेपाली कांग्रेसले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको थियो ।




















प्रतिक्रिया