Logo

धर्म / संस्कृति

देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन



काठमाडौं । देवघाट महामहोत्सवमा १० दिनसम्म कथा वाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीलाई बिदाइ गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा देवीजीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग बिदा लिएकी हुन् । महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन् । बिदाइ समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ ।

उनका कथा वाचनहरूले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ। शुश्री अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षणमध्ये एक हो।

माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन्। आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। ६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी हुन् । विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवर्द्धनमा विशेष योगदान पुर्‍याएकी छिन्।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ११:१९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।