Logo

प्रमुख समाचार

राप्रपा बैठकमा लिङ्देनको प्रतिवेदन- कांग्रेस-एमाले बहुदलीय व्यवस्था मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमाले बहुदलीय व्यवस्था मासेर दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाएका छन् । अध्यक्ष लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा निन्दा गरेका छन् ।

वैदेशिक सम्बन्धमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने खतरा रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बैठकमा महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङ्ले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरे । बैठक शनिबार सम्पन्न गर्ने कार्यसूची रहेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार १४:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।