Logo

प्रमुख समाचार

सुप्रिम सहकारी ठगी प्रकरण: रविविरुद्धकाे मुद्दामा थुनछेक बहस जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस आज पनि जारी रहेको छ। गत बुधबारदेखि शुरु भएको थुनछेक बहसमा आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गरिरहेका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणसँग सम्बन्धित बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान लिइएको थियो भने बिहीबारदेखि थुनछेक बहस सुरु भएको थियो।

बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए भने शुक्रबारदेखि जाहेरवाला र प्रतिवादीका वकिलहरूको बहस क्रमशः सुरु भएको थियो। यस क्रममा वरिष्ठ अधिवक्ता सुशिल पन्त र सुरेन्द्र थापाले पनि प्रतिवादीको तर्फबाट बहस गरेका थिए। उनीहरूको बहस नसकिएपछि इजलासले रविलाई परिवारको जिम्मामा लगाएर आजको सुनवाईमा उपस्थित गर्न आदेश दिएको थियो।

थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादी तर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्। यसपछि अदालतले निर्णय आदेश जारी गर्ने तयारीमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १२:३०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।