Logo

समाचार

सार्वजनिक स्थानमा फोहोर नगर्न महानगरपालिकाकाे आग्रह, फोहोर फाले १५ हजारसम्म जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ ।

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको छ ।

यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना महानगरपालिकाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ११:३७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।