Logo

अन्तर्राष्ट्रिय

अमेरिकाबाट १४ लाख बढी आप्रवासी निकालिदै, १,३६५ जना नेपाली परे



काठमाडाैं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई)ले सूची सार्वजनिक गर्दै विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जनालाई अमेरिकाबाट उनीहरुको देश फर्काउने जनाएको हो ।

यो सूचीमा १३ सय ६५ जना नेपाली समेत परेका छन् । ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गरेलगत्तै आप्रवासीलाई स्वदेश फिर्ता पठाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाबाट निष्कासित हुनेमा होन्डुरसका नागरिकको संख्या सर्वाधिक छ । अमेरिकाबाट होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासित हुनेछन् ।

त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४, एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना, चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना निष्कासित हुनेछन् ।

अमेरिकामा हाल १ करोड ११ लाख गैरकानूनी आप्रवासी बसोवास गरिरहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १६:०६   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।