Logo

समाचार

‘स्किल फेस्ट एशिया २०२५’का लागि नेपालबाट ५ जना छनौट



काठमाडाैं । भारतको बैंग्लोर आयोजना हुन लागेको ‘स्किल फेस्ट एशिया २०२५’का लागि नेपालबाट ५ जना छनौट भएका छन् । उक्त कार्यक्रममा प्रतिष्पर्धा गर्नका लागि टिभिएस नेपालले ‘क्षेत्रिय तथा राष्ट्रियस्तरमाTheoritical तथा Pratical Test TVS Mechanic koBadsha कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम २३ जनवरीदेखि २७ जनवरीसम्म सञ्चालन भएको थियो । कार्यक्रमका उत्कृष्ट ३० जना टेक्निसियनबीच पनि Theoritical तथा Practical Test प्रतिस्पर्धामा ५ जना जना छनौट गरिएको छ । उनीहरु टीभीएस नेपालको तर्फबाट स्क्लि फेष्ट एशिया २०२५ मा प्रतिस्पर्धाका लागि जानेछन् ।

छनौट हुनेमा राकेश नग्खुसी,सुरेश गुरुङ,सुजन रायमाझी,सनम महतो र साजन महर्जन रहेका छन् । विगतमा यही कार्यक्रममा टीभीएस नेपालले Globally 2nd Position हासिल गर्न सफल भएको थियो।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १६:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।