Logo

धर्म / संस्कृति

चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सदभाव बढाएका उल्लेख गरेका छन् ।

तामाङ समुदायको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा उनले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेका उल्लेख गरेका छन् ।

यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले पर्व मनाउने सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार ११:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।