Logo

समाचार

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विवाद: बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित



ताप्लेजुङ । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वी नेपालका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।

बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबिच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आईतवार १६:२३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।