Logo

प्रमुख समाचार

अध्यक्ष ढकालको बदमासी: ९० हजारको जग्गा ९० लाखमा खरिद, केवलकारको परियोजनामाथि शंका



काठमाडौं । पाथीभराको काफ्लेपाटीमा केवलकारको ‘बेस स्टेशन’ निर्माणका लागि खरिद गरिएको जग्गा बजार मूल्यभन्दा धेरै महँगो मूल्यमा खरीद गरिएको खुलासा भएको छ। यस घटनाले स्थानीय र राजनीतिक तहमा ठूलो विवाद सिर्जना गरेको छ।

चन्द ढकाल नेतृत्वको अईएमई ग्रुप अन्तर्गतको पाथीभरादेवी दर्शर्न केवलकार प्रालिका नाममा ताप्लेजुङको फुङलिङ नगरपालिका-११ काफ्लेपाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गालाई ९० लाख रुपैयाँ प्रतिरोपनीका दरले खरीद गरेको पाईएपछि केवलकार निर्माण पक्षमाथि शंका उपशंका पैसा भएको हो ।

मालपोत कार्यालय ताप्लेजुङको तथ्यांकले २९ रोपनी जग्गा कारोबार गर्दा २ करोड ३४ लाख रुपैयाँको राजस्व तिरेको देखाउँछ, जुन सामान्य बजार मूल्यको तुलनामा अत्यधिक छ। यही तथ्यांकले जग्गा बिक्रीमा अनियमितता र स्वार्थ देखिएको संकेत गर्दछ।

पाथीभरादेवी दर्शन केवलकार प्रालिका डाइरेक्टर ईश्वरी पौडेल र कम्पनीको शेयरधनी पुष्पबहादुर बरुवालको नाम पनि बारम्बार जोडिएको छ। बरुवाल राजनीतिक र व्यवसायिक कनेक्शन रहेका छन्, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थिए र उनले स्थानीय विक्रेतासँग महँगो मूल्यमा जग्गा बिक्री गरेका थिए। यसको परिणामस्वरूप, केवलकार निर्माणको प्रक्रियामा अनियमितताका आरोपहरू लागिरहेका छन्।

स्थानीय समुदायले यस परियोजनामा चासो राख्न थालेका छन्। उनीहरूको आरोप छ कि केवलकार परियोजनाले धार्मिक, सांस्कृतिक, र जैविक विविधतामा नोक्सान पुर्याउनेछ। पाथीभराको मुक्कुम्लुङ क्षेत्रलाई धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट उच्च सम्मान गरिएको छ, र केवलकारको निर्माणले यस क्षेत्रमा पारिस्थितिकीय र सांस्कृतिक संवेदनशीलता पारेको छ। स्थानीय संघर्ष समितिले परियोजनाको विरोध गर्दै पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ।

आलोचनाहरूको अनुसार, परियोजनामा महँगो मूल्यमा खरीद गरिएको जग्गाले बैंक र वित्तीय संस्थाहरूसँग लिने कर्जा रकमलाई बढी बनाउन मद्दत पुर्याउँछ। यसरी, व्यापारी चन्द्र ढकालले अधिक मूल्यांकन गर्दै जनतालाई आगामी समयको IPO मा अत्यधिक मूल्यमा शेयर बेच्न प्रयास गर्न सक्ने अडकल गरिएका छन्।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार १२:५३   :  बजे

15.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।