Logo

अन्तर्राष्ट्रिय

ट्रम्प शासन : विश्व हल्लीखल्ली, अमेरिकामा नेपालीको भागमभाग



पानामा नहर,  क्यानडा, ताइवानदेखि चीनलाई रोक्ने र भारतलाई तह लगाउनेसम्मका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आदेश, कारवाही र शासन चलाउने तरिकाले विश्वभरि नै हल्लीखल्ली मच्चिएको छ ।

अमेरिकाले चीन,  क्यानडा,  मेक्सिकोमाथि टेरिफ–भन्सार शुल्क बढाएर ब्यापार युद्ध घोषणा गरेपछि चीनका राष्ट्रपति सीले रूसका राष्ट्रपति पुटिनसँग लामो भिजुअल वार्ता गरेका छन् ।

एक भएर अघि बढ्न सहमति जनाएका छन् । चीनले मात्र होइन, क्यानडाले पनि आयात गरिने बस्तुमा भन्सार शुल्क बढाइसकेको छ । मेक्सिको पनि जवाफी मूडमा देखिएको छ ।

खासगरी अमेरिका र चीनवीचको यो खिचातानी बास्तवमै विश्वशक्ति बन्ने होडबाजीकावीच भएको व्यापार युद्ध नै हो । युद्ध सुरू भयो, एकदोस्रामा प्रहार पनि सुरू भएको छ ।

अमेरिकाले स्टिल आलमोनियम लगायतमा ६० अर्ब डलर शुल्क घोषणा गरेको छ भने चीनले अमेरिकी मासु, वाइन, फलफल आदि बस्तु र सामानमा कर बृद्धि गरिसक्यो ।

क्यानडाले पनि अमेरिकी बस्तुमा १० को बदला २५ प्रति शूल्क बढाएको छ । चीन र अमेरिका दुबै विश्वशक्ति बन्ने प्रतिस्पर्धामा छन् ।

विज्ञहरू भन्छन्– यो व्यापार युद्ध नै हो । अमेरिकाले खोलेको व्यापार र राष्ट्र बिस्तारको द्वन्द्व र वाक्युद्धले गम्भीर आर्थिक र सामरिक संघर्ष बढाउने आँकलन विश्वव्यापी भएको छ ।

भनिन्छ, अमेरिकाले जुन पछिल्लो कदम चालेको छ, त्यो राष्ट्रिय सुरक्षाको विषयसँग जोडिएको छ । अमेरिका आफ्नो सेना धातुहरूको आयातमा निर्भर हुन नहुने विषय हो यो ।

अमेरिकाले चीनविरूद्ध यस्ता अनेक निर्णयहरू लिनसक्नेछ । चीनविरूद्धको कदमका पछाडि अमेरिका आफ्ना बौद्धिक र प्रतिलिपि अधिकारको चोरी रोक्न चाहन्छ ।

चीनले अमेरिकालाई कसरी जवाफ दिनेछ, कुन प्रकारको झट्का दिनेछ, त्यसमा विवादको चुरो कायम हुनेछ । हाललाई अमेरिकी सोयाविन र कार निर्यातमा असर पुग्ने देखिन्छ ।

यसैवीच केही अमेरिकी अधिकारीले चीनसँग वार्ता गर्न तैयार रहेको जानकारी दिएका छन् । दुबै मुलुक विश्व व्यापार संगठनको आचारसंहिताअनुसार चलेका देखिन्छन् ।

तत्कालीन बुशको कार्यकालमा जस्तो बुमे¥याङ नहोस् भन्नेमा अमेरिका सचेत देखिन्छ । स्मरणीय छ, सन १९६० मा चिकन वार नामको व्यापार युद्ध भएको थियो ।

यसमा अमेरिकाविरूद्ध जर्मनी र फ्रान्सले मासुमा शुल्क बढाएका थिए ।

अमेरिकामा नेपालीको भागमभाग

करोड करोड बुझाएर अमेरिका गएकाहरू, अमेरिका पुगेर लुकेका र गैरकानुनी रूपमा बसेका नेपालीहरूको भागमभाग भएको छ ।

हालसम्म अमेरिकास्थित नेपाली दूतावासले नेपाली पक्राउ नपरेको भनेको छ । तर, उनीहरू कुनै पनि बेला पक्राउ पर्नेर डिपोट हुन सक्ने खतरा छ ।

नेपाल इलिगल सूचीको २६औं नम्बरमा रहेको भनिन्छ । पहिलो सूचीमा भारतका १८ हजार गरैकानुनी रूपमा बसेकालाई फिर्ता गर्न भारत तयार रहेको भारतले भनिसकेकोछ ।

फिलिपिन्सका ३ लाख, चीनका ४१ हजार, नेपालका ३६ हजारलगायत अन्य मुलुकका थुप्रै इलिगल अमेरिकामा पक्राउ पर्दैछन् ।

हालसम्म अमेरिकी इमिग्रेशन अदालतहरूले ३ हजार ५०० नेपालीहरूलाई निष्काशन आदेश जारी गरिसकेका गोरखा एक्सप्रेसमा खबर छ ।

तीमध्ये करिब २ हजार जनाले स्वेच्छिक रूपमा अमेरिका छोडेको खबर छ । हाललाई १३६५ जना पक्राउ पर्ने खतराको सूचीमा रहेका छन् ।

इलिगल भारतीयलाई पक्राउ गरेर डिपोट गर्न थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माइ डियर फ्राइण्डको हैसियत देखाएर राष्ट्रपति ट्रम्पसँग वार्ताका साथ स्थिति सम्हाल्ने प्रयत्न गरेका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पको मेक अमेरिका गे्रट अगेन योजना प्रष्ट भइसकेको छैन ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार ०५:४५   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।