Logo

प्रमुख समाचार

शानदार म:ममा आगलागी हुँदा घाइते भएका दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:मको भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीबाट ११ जना कामदार घाइते भएका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको हो ।

अन्य घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार १०:४०   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।