Logo

प्रमुख समाचार

आज पोखरा सबैभन्दा बढी प्रदूषित, अरू कुन सहर कति अस्वस्थकर?



काठमाडौं । कास्कीको पोखरा सहर सर्वाधिक प्रदूषित बनेको छ । वातावरण विभागकाअनुसार बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १७९ पुगेको छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतकपुरको १७० एक्यूआई छ ।

यस्तै, ललितपुरको भैँसोपटी, खुमलटार,भक्तपुर र काठमाडौंको रत्नपार्क तथा शंखपार्कको एक्यूआई पनि १५२ देखि १६९ तथा सम्म रहेको छ ।

पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १३६.९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १३:१६   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।