Logo

समाचार

तरुण दलको महाकुम्भ मेला सुरु भैसक्यो : अध्यक्ष गुरुङ



काठमाडाैं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाकुम्भ मेला सुरु भैसकेको बताएका छन् । उनले यो महाकुम्भ मेला नेपाली काङ्ग्रेस पार्टीको सशक्त भविष्य र विकासका लागि महत्वपूर्ण कदम भएको बताएका हुन् ।

नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा कार्यसमितिको कार्यालय कालोपुलमा बैठकमा अध्यक्ष गुरुङले तरुण दलको महाकुम्भ मेला सुरु भैसकेको कुरा उल्लेख गर्दै, पूर्णकालीन सदस्य वितरण सुचारु गर्न निर्देशन दिएका थिए । उनले नयाँ जोश र जागर भरिएका युवाहरुको आगमनले नेपाली काङ्ग्रेसमा नयाँ उर्जा थपिने बताए ।

अध्यक्ष गुरुङले आगामी महाधिवेशनको सम्बन्धमा कुनै संकोच नगर्न आग्रह गरे । उनले दुई महिनाभित्र तरुण दलले महाधिवेशन सम्पन्न गर्ने कुरा उल्लेख गरे ।

अधिवेशन संयोजक कृष्ण खड्काले बैठकमा वडादेखि जिल्लासम्मको वर्तमान कार्यसमितिलाई काठमाडौं जिल्लाको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने निर्णय सुनाए । उक्त निर्णय सर्वसम्मतिले पारित भएको थियो ।

अधिवेशन संयोजक खड्काले केन्द्रीय सदस्यको हकमा केन्द्रले प्रतिनिधि तोकि दिएको जिम्मेवारी अनुसार जिल्लासँग समन्वय गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, कार्यसमितिको पदाधिकारीहरु, केन्द्रीय पार्षद, क्षेत्रीय अध्यक्ष र नगर अध्यक्षहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार ११:५४   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।