काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा सांसदहरूले उठाएपछि लम्सालको रहस्यमय मृत्युको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, अध्यक्ष दाहालले भनेका छन् ।
साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन् ।




















प्रतिक्रिया