Logo

प्रमुख समाचार

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन



काठमाडाैं । सिरहा नवराजपुर गाउँपालिका वडा-१ भगतपुरकी रिंकुकुमारी सादयको मृत्यु घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन भएको छ ।

मृत्यु घटनामा थप अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको एसएसपी शान्तिराज कोइरालाको जानकारी दिए ।

एसएसपी कोइरालाकै नेतृत्वमा सोमबार इन्स्पेक्टर, मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

रिंकुकुमारी माघ ३० गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार १५:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।