काठमाडाैं । नेपाल तरुण दलले भारतमा रहेको कालिङ्गा ईन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (KIIT)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधनप्रति गहिरो समवेदना प्रकट गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सक्रियताप्रति आभार व्यक्त गरेको छ ।
प्रकृति लम्सालको निधन एक असामान्य परिस्थितिमा भएको थियो । उक्त घटनामा चासो र चिन्ता व्यक्त गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकारको तर्फबाट तुरुन्तै भारतस्थित नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतसँग समन्वय गरेकी छिन् । कलेज प्रशासनसँगको सघन प्रयासपछि नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्नेलाई कलेजबाट निलम्बन र निष्कासन गरिएको छ ।
कलेज प्रशासनले नेपाल फर्किन लागेको नेपाली विद्यार्थीहरूको सुरक्षित यात्रा सुनिश्चित गरेको र कानूनी कदमहरू चाल्न तयारी गरेको छ ।
नेपाल तरुण दल केन्द्रीय कार्यसमिती, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सक्रिय प्रयास र नेतृत्वको उच्च कदर गर्दै धन्यवाद प्रकट गरेकाे नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताए ।




















प्रतिक्रिया