Logo

प्रमुख समाचार

माधव नेपाललाई सर्वोच्चको गलपासो, कुलमानको पत्रले मच्चियो हलचल



काठमाडौं । सरकारलाई अध्यादेश पारित गराउन सकस भइरहँदा माधवकुमार नेपाललाई बालुवाटार जग्गा प्रकरणमा परेको मुद्दाको सुनवाई सर्वोच्च अदालतको पूर्ण ईजलाशमा गर्ने दुई न्यायाधीशको आदेशले लागेको गलपासोबाट छुटकारा पाउन पनि नेपालका निम्ति सरकारले ल्याएको अध्यादेश पारित गराउन बाध्यकारी अवस्था आउन सक्ने देखिन्छ जानकारहरु भन्छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारका निम्ति प्रतिष्ठाको सवाल बनेको अध्यादेश पारित गराउन आफूले लगाएको विगतको गुन तिर्न र सर्वोच्च अदालतमा विचाराधिन बालुवाटार जग्गा प्रकरण सम्बन्धी मुद्दाका विषयमा संवेदनशील बन्न नेपालसँग आग्रह गरेको समाचारमा उल्लेख छ ।

शेरबहादुर देउवा र माधवकुमार नेपालबीच अध्यादेशलाई लिएर छलफल भइरहेका बेला एमाले महासचिव शंकर पोख्रेलले अध्यादेश पारित गराउन सरकारलाई कुनै समस्या नभएको बताएको छन् ।

उपेन्द्र यादवको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाले जारी अध्यादेश मध्य भूमि अध्यादेश स्वीकार नगर्ने बताएपछि सरकारले अध्यादेश पारित गराउन वैकल्पिक बाटो लिन खोजेको देखिन्छ जानकारहरु भन्छन् ।

यसका निम्ति उपयुक्त पात्र अहिले माधवकुमार नेपाल भेटिएका छन् । जसलाई बालुवाटार जग्गा प्रकरणमा सर्वोच्चको गलपासो लागेको छ ।

कुलमानको पत्रले मच्चियो हलचल

राजनीति शक्ति र सत्ताको आडमा विशेष सुविधा अन्तर्गत उपयोग गरेको विद्युतको महशूल तिर्न आलटाल गर्दै आएका उद्योगहरुबाट रकम असुल्न कुलमान घिसिङले विद्युत नियमन आयोगमा पत्र लेख्दै महशूल तिर्न आलटाल गरे त्यस्ता उद्योगीको लाईन काट्न पनि सहमित मागेपछि हलचल मच्चिएको छ ।

झण्डै ७ अर्व रुपैयाँ महशुल तिर्न अटेरी गर्दै आएका उद्योगी त्यस्तो पत्र विद्युत नियमन आयोगमा पुगेको थाहा पाएर उर्जा मन्त्री दीपक खड्कासँग भेट्न पुगेका छन् । गएको ३ महिनामा उर्जा मन्त्रालयले बक्यौता जाँचबुझ गर्ने भनी प्राविधिक समिति बनाएर प्राधिकरणको बक्यौता असुली गर्ने प्रक्रिया रोकेको थियो ।

विद्युत नियमन आयोगले मन्त्रालयबाट प्राविधिक समिति बनाएर बक्यौता छानविन भई रहेको भन्दै प्राधिकरणलाई उद्योगको लाईन नकाटी अन्य वैकल्पिक कारवाही गर्न भनेको थियो ।

आयोगको सुझाव पछि प्राधिकरणले राष्ट्र बैंक मार्फत उद्योगको खाता रोक्न कम्पनी रजिष्टार कार्यालय मार्फत शेयर कारोवार हस्तान्तरण रोक्न तथा धितोपत्र बोर्डलाई त्यस्ता उद्योगहरुको आईपीओ निष्कासन अनुमति नदिन आग्रह गरेको खबर चर्चामा उल्लेख छ । जबकी उद्योगीहरुको दवावमा ती निकायहरुले प्राधिकरणको आग्रह माथि कुनै कारवाही गरेनन् ।

कतैबाट सहयोग नपाए पछि प्राधिकरण प्रमुख कुलमानले त्यस्ता ३५ उद्योगी जसले विशेष सुविधा अन्तर्गत विद्युत उपयोग गरेर अझै तिर्नु पर्ने ७ अर्व भन्दा बढी महशुल तिर्न अटेर गर्दै आएका छन् असुल गर्न विद्युत नियमन आयोगसँग अनुमति मागे पछि राजनीति शक्ति केन्द्र र सिंहदरवारमा हलचल मच्चिएको छ ।

उद्योगीहरु हेरौ त कसरी कुलमानले बक्यौताको नाममा आफूहरुले तिर्नु नपर्ने रकम असुल गर्दो रहेछ भनिरहेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार २२:३२   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।