Logo

प्रमुख समाचार

प्रहरीको कार्यक्षेत्र खुम्च्याउँदै : नेताको लुट चरम भ्रष्टाचार आजको यथार्थ



काठमाडौं । देशको आन्तरिक र नागरिक सुरक्षा गर्नु पर्ने प्रहरी संगठनलाई गृहमन्त्री रमेश लेखक निरन्तर हस्तक्षेप गरेर पंगु बनाउन खोजेका छन् ।

यो अवस्थामा पनि प्रहरी आफ्नो क्षमता बचाउन लागि परेको छ । प्रहरी नहुने हो भने के होला आन्तरिक सुरक्षा आम नागरिक भन्छन् ।

गृह प्रशासन कांग्रेसी भगिनी संगठन बनाइँदै छ । कुनै बेला वामदेव गौतमले नेपाल प्रहरीको अधिकार क्षेत्र तोडेर सशस्त्रलाई जिम्मा दिन खोज्दा जसरी असन्तुष्टि भयो त्यस्तै असन्तुष्टि अहिले देखिएको छ ।

व्यवस्था परिवर्तन हुने अवस्था ज्यूँ का त्यूँ हुने भए पछि जनता पनि गणतन्त्र माथि प्रश्न उठाउँदै छन् । नेताको लुट चरम भ्रष्टाचार आजको यथार्थ हो । प्रहरी र निजामति मात्र होइन डाक्टर, पत्रकार, माष्टर जस्ता स्वतन्त्र देशभक्तिका पेशा माथि दलीय हस्तक्षेप गर्दा ती संस्थाको मर्यादा खस्केको छ ।

यही बेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समय अनुकूल बनाउने गरी ल्याएको विधेयकले चर्को विरोध सहेको खबर चर्चामा उल्लेख छ ।

सरकारले नेपाल प्रहरीको अनुसन्धानात्मक क्षमता माथि प्रश्न उठाउने गरी प्रहरीले काम गरेका साइवर ब्यूरो, अपराध अनुसन्धान व्यूरो, लागू औषध ब्यूरो, बालबालिका तथा महिला बेचबिखन सम्बन्धी ब्यूरो सशस्त्र प्रहरीलाई दिने गरी विधेयक ल्याउँदा त्यो विरोधको सामना गर्न नसक्ने अवस्था आएको हो ।

सरकार निष्पक्ष छैन । अपराधी सत्ता पक्षका पनि छन् । तिनले उन्मुक्ति पाउने तर रास्वपाका रविहरु कारवाही भोग्नु पर्ने अवस्था छ । जबकी मुद्दा सहकारी ठगको छ । मुद्दा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर प्रहरी प्रयोग गर्न सरकार लागेको छ । भगिनी संगठन बनाएर सरकारले जे गर्दैछ त्यो गलत छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार २२:२६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।