काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ । अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि पैसा तान्न लागेको हो ।
यसका लागि बोलकबोल प्रक्रिया दिउँसो ३ बजे सुरु हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५० करोड रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् ।
बोलकबोल ब्याजदरमा हुनेछ । बहुब्याजदरका साथ पनि बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यसका लागि ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन सक्नेछन् ।
२१ दिने यो निक्षेप संकलन उपकरणको चैत ३ गते साँवा र ब्याज भुक्तानी गरिने जानकारी दिइएको छ ।




















प्रतिक्रिया