Logo

अर्थ

कुमारी बैंकको ४५ लाख बढी कित्ता सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले आफनो संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा गर्ने भएको छ । बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा बैंकका संस्थापक सेयर धनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार ११:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।