Logo

अर्थ

टाटाको कर्भ इभी नेपाली बजारमा सार्वजनिक



काठमाडौं । टाटाको कर्भ इभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आइतबार टाटाको एसयूभी कर्भ इभी सार्वजनिक गरेको हो ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठका अनुसार ४.३ मिटर लम्बाइ भएको कुप एसयूभी रहेको कर्भ इभीमा १९३ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । आकर्षक डिजाइन रहेको यस कर्भ ईभी दुई वटा रङमा नेपाली बजारमा भित्रिएका छन् ।

यस इभीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री छन् । यसमा ७.२ किलोवाटको एसी फास्ट चार्जर पनि उपलब्ध छ । सिट क्षमता ५ जनाको रहेको छ । कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेक्सन के थ्री पनि नेपाली बजारमा सार्वजनिक गरिएको छ । जसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार ११:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।