Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगाको चुनावी माहोल: अध्यक्ष पाँडेसहित कस-कसको पर्‍यो उम्मेदवारी?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । बैंकको सञ्चालक पदका लागि १३ जनाले आवेदन दिएको निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठले बताए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैंकको सञ्चालक बन्न संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधाण सेयरधनीहरूको समूहबाट ६ जना गरी १३ जनाले उम्मेदवारी दिएका हुन् ।

बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी पृथ्वी बहादुर पाँडेले उम्मेदवारी दिएका छन् । उनी हाल पनि बैंकको अध्यक्षका रूपमा कार्यरत छन् ।

यस्तै, दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यले उम्मेदवारी दिएका छन् ।

सर्वसाधाण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाले आवेदन दिएका छन् ।

बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित फाल्गुन १५ गते ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १२:३६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।