Logo

अर्थ

बिमा प्राधिकरण अध्यक्षका लागि ३ जनाको नाम सिफारिस



काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बिमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिस समितिले पहिलो नम्बरमा शरद ओझा, दोस्रो नम्बरमा रामशरण पुडासैनी र तेस्रो नम्बरमा दामोदर बसौलाको नाम सिफारिस गरेको छ ।

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १३:२०   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।