Logo

अर्थ

नेपाल बैंकले बोलायो साधारणसभा, तीन सञ्चालककाे निर्वाचन गर्ने



काठमाडौं । नेपाल बैंकले साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधबार बस्नेगरी बैंकले ६५औँ वार्षिक साधारणसभा बोलाएको हो । उक्त दिन काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारणसभा बस्नेछ ।

बैंकले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ । यस बैंकले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १५:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।