काठमाडौं । पाथीभरा मन्दिरको व्यवस्थापन र स्थानीयका माग सम्बोधन नगरेको भन्दै समुदायले आह्वान गरेको बन्दको चेतावनीपछि सरकारले वार्ता गर्ने निर्णय गरेको छ ।
पाथीभरा क्षेत्रमा व्यापारी चन्द्र ढकालको केबलकार परियोजनाले धार्मिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षणको माग गर्दै आएका छन् ।
यसैबीच, गृह मन्त्रालयले ‘नो केबलकार’ आन्दोलनरत समूहलाई पुनः वार्तामा बोलाएको छ ।
वार्ता समितिका संयोजक सह-सचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक, तथा स्थानीय समस्याहरूको समाधानका लागि गम्भीरतापूर्वक वार्तामा आउन आग्रह गरेका छन्। यसअघि, माघ ३० गते पनि समितिले वार्ताको आह्वान गरेको थियो, तर विवाद अझै समाधान हुन सकेको छैन ।
बिहीबार आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि, आन्दोलनरत पक्षले अनिश्चितकालीन बन्दको चेतावनी दिएको छ ।
सरकारले बन्दको चेतावनीका बाबजुद, चाँडो नै वार्ता तालिका निर्धारण गर्ने तयारी गरेको जानकारी दिएको छ । पाथीभरा मन्दिरका आस्थावान भक्तजन र स्थानीयवासीहरूको मनोबल कायम राख्न सरकारका प्रतिनिधिहरूले प्रयास जारी राखेका छन् ।




















प्रतिक्रिया