काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार सुनकाे मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया