काठमाडाैं । महाशिवरात्रिको अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्।
अध्यक्ष गुरुङले आज सामाजिक सञ्जालमार्फत महाशिवरात्रि पर्वको महत्त्व र यसको एकताबद्ध प्रभावको बारेमा आफ्ना विचार साझा गर्दै भने, “महाशिवरात्रि पर्वले सम्पूर्ण वर्गलाई एकताको डोरिमा बाध्ने महत्त्वपूर्ण भूमिका खेल्दछ। यस पर्वले सबैमा भावनात्मक सम्बन्धको विकास गर्दै राष्ट्रको समृद्धि र विकासका लागि प्रेरणा दिने काम गरोस्।”
अध्यक्ष गुरुङले सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै महाशिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधना गर्ने महत्त्वलाई समेत उजागर गरेका छन् । उनले लेखे, “आराध्यदेव भगवान शिवको पूजा आराधना गरेर मनाइने महाशिवरात्रि पर्वले सम्पूर्णमा भावनात्मक सम्बन्धको विकास गर्दै राष्ट्रको विकासमा लाग्ने प्रेरणा मिलोस।”
अध्यक्ष गुरुङले आफ्नो शुभकामना सन्देशमा महाशिवरात्रिको पर्वलाई एकता र सद्भावको प्रतीकका रूपमा व्याख्या गर्दै नेपाली समाजमा सौहार्द र सहयोगको भावना बढाउन प्रेरणा दिने कुरा पनि बताए ।




















प्रतिक्रिया