Logo

अर्थ

युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा



काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले चैत ११ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाका लागि कम्पनीले फागुन २३ गते बुक क्लोजको मिति तय गरेको छ । फागुन २२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने र साधारणसभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार १०:२०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।