काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो ।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।
बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधनको भएकाे हाे ।
शारदा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश पनि हुन् । शारदाले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन् ।
जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भइन् । उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । करिब ४ दशक न्याय सेवामा बिताइन् । विसं २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन् ।




















प्रतिक्रिया