काठमाडौं । राप्रपा नेपालले सुशासन, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनदबाब थाल्ने भएको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सङ्घीयता खारेज, धर्म परिवर्तनको अन्त्य, मिटरब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न जनपरिचालन र जनदबाब कार्यक्रम सार्वजनिक गरेको हो ।





















प्रतिक्रिया