Logo

समाचार

एसएसपी अधिकारीकै संरक्षणमा फस्टाएको ठगी धन्दा : ‘एचआईभी’ निको पार्ने भन्दै लाखौँको ‘नक्कली औषधि’ बिक्री



काठमाडौं । ललितपुर जिल्लाका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी जहाँ जहाँ कार्यालय प्रमुख भएर जान्छन् त्यहा अनियमितता र अपराध नहुने रेकर्ड नै छैन ।

२०७८ सालमा बाँके जिल्लाको प्रहरी प्रमुख भएका बेलामा उनले नेपालगञ्ज स्थित मोजाङ मिनि क्यासिनोका एजेन्टबाट रक्सी र मोबाइल लुटेपछि तात्कालिक प्रहरी प्रमुख शैलेश थापा क्षत्रीले एक्सन लिने थाहा पाएपछि उक्त सामान उपहार लिएको भन्दै फिर्ता गरेका थिए । उनै विवादित एसएसपी अधिकारी कै संरक्षणमा लुभुमा अबैध धन्दा निर्बाध रुपमा संचालन हुँदै आएको पाइएको छ ।

लुभुमा आरुष आयुर्वेदिक क्लिनिकले उनै एसएसपी अधिकारीको संरक्षणमा प्राणघातक रोग एड्स , क्यान्सर , हेपाटाइटिसको ओैषधी भन्दै काठको धुलो बिक्री गर्ने गरेको रहस्य खुलेको छ । नाति आरुष पोख्रेलको नाममा संचालन हुँदै आएको उक्त क्लिनिकका संचालक अन्दाजी ७५ बर्षिय वृद्ध कृष्णप्रसाद पोख्रेल हुन् ।

पोख्रेललाई प्रेसर , सुगर , फोक्सोमा इन्फेक्सन लगायत अन्य रोगहरु छन् उनी डाक्टरलाई जचाएर नियमित ओैषधीहरु सेवन गर्छन् तर अन्य बिरामीहरुलाई एड्स , क्यान्सर , हेपाटाइटिस जस्ता प्राण घातक रोग निको पार्ने दावी सहित लाखौं रुपैयामा काठको धुलो बिक्री गर्दै देशभरिका मात्र नभई विदेशमा रहेका नेपालीहरुबाट कुरियर मार्फत अबैध ओैषधी पठाएर ठगी गरिरहेका छन् ।

उनको ओैषधीमा न उत्पादन मिति छ , न प्रयोग समाप्ति मिति छ , न के के जडिबुटीले ओैषधी बनेको कुनै लेवल छ , केही नराखी काठको धुलोलाई ओैषधी हो भन्दै बिक्री गरेको पाइएको छ ।

दिनमा लाखौंको कारोवार हुने उक्त क्लिनिकमा कस्तो अबैध धन्दा भइरहेको छ त्यो प्रहरीलाई जानकारी नभएको भने होइन । पोख्रेलबाट ठगिनेमा प्रहरी जवान समेत छन् तर हाकीमलाई मोटो रकम बुझाउने उक्त क्लिनिक बिरुद्ध कसैको `चु´ सम्म गर्ने आट गर्दैनन् ।

अझ रोचक कुरा त के छ भने यसै सन्दर्भमा स्थलगत रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई एसएसपी अधिकारीले दुर्ववहार गरेका छन् । उनले पत्रकारलाई फोन गरेर उक्त समाचार नलेख्नु भन्ने आसयले धम्की दिदै `तपाईहरु किन त्यहाँ गएको, तुरुन्तै मेरो अफिस आउनुस् ´भन्दै हप्काएका थिए । स्थलगत रिपोर्टिङमा गएका पत्रकारलाई समाचार नलेख्न धम्की दिनुले समेत उक्त अबैध धन्दामा उनको संलग्नता पुष्टि हुन्छ । एसएसपी अधिकारीको अपराधको पहाडको उचाई कति हुन्छ र सो पहाड ढल्छ कि ढल्दैन त्यो भने आगामी दिनले देखाउने नै छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार १९:१०   :  बजे

519
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।