काठमाडौं । कांग्रेसलाई बेथितीको चाङ्गले छाएन । सरकारमा पार्टी गयो तर कार्यकर्तामा उत्साह हुने ठाउँ छैन । स्वास्थ्य र कृषि मन्त्री बाहेक कुनै मन्त्रीको काम देखिएन ।
आज डा.आरजु राणालाई समेत समयले साथ दिएको छैन । सरकारमा पार्टी गएको फल खाने भ्रष्टहरु कांग्रेसले चिनेर पनि खबरदारी गरन । युवा नेताहरु प्रतिमा गौतम, सरिता प्रसाईँ, अम्बिका बस्नेतहरुलाई कालो बजार र महंगीले छुँदैन संसदको बैठक जारी छ तर कालोबजार माथि राज्य दर्शक बन्दा युवा सांसदहरु मौन देखिनुमा पनि राजनीति लाजको पसारो बनेको छ ।
कांग्रेसले विद्युत महसुल एनसेलको नाफा मुलुकका बारेमा मात्र हैन भ्रष्टाचार मुखी सरकारी रवैयाका बारेमा बोल्दैन । अहिलेको सरकार जुन उद्देश्यले बन्यो । त्यसको काम भनेका विचौलिया र माफियाको सेवा गर्ने भएको छ । एमालेका अध्यक्ष सार्वजनिक जमिन भूमाफियालाई सुम्पने योजना हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा कांग्रेस खुल्नु पथ्र्यो । तर, डा.शेखर कोइरालाको मात्र विरुद्धमा स्वर निक्ल्यो । कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुङ्गानाहरुले मुख खोलेनन् ।
आफ्नै पार्टीका नेताहरुका बीचमा सरकारले जारी गरेका संसद् छलेर आएका विधेयकहरुका बारेमा नेताहरु बीचको बहससम्म नगर्ने कांग्रेसले कस्तो महाधिवेशन गर्ला छलफल के होलो ?
डा.शेखर सरकारका गलत कामको प्रतिवाद गर्दै आफ्नो तयारीमा छन् । उनी आफ्नै टिमबाट सहमहामन्त्री बनेका पर्यटन मन्त्री बद्री पाण्डेको काममा विस्वस्त छैनन् । यही विषयले पाण्डेलाई कोइराला टिम छाडेर गगन तिर लाग्ने बाटो खोल्यो ।
उता संस्थापनमा रहेका डा.प्रकाश शरण महत, नारायण प्रसाद साउथ, बालकृष्ण खाँड, डिला संग्रौला, महालक्ष्मी उपाध्यय (डीना), किशोर सिंह राठौरहरु अब देउवाको पछि लागेर कुलदेवीलाई भेटी चढाएर संस्थापन हुँ भन्न छाडेका छन् ।
डा.शेखरसँग सुजाता कोइराला जोडिएकी छन् । तर, राजनीतिभन्दा रसरंगमै रमाउने परिचय बनाएका वीपी पुत्र डा.सशांक कोइराला डा.शेखरतिर भन्दा देउवा तिरै टाँसिएका छन् । वर्तमान सरकारका बद्नाम पात्र ऊर्जा मन्त्री दीपक खड्काको खन्चुवा व्यवहार तीनै डा.सशांकसँग जोडिएका छन् ।
नक्कली डा.सुनिल शर्मा, डा.शेखर गुटकै भित्रिया भएर पनि कांग्रेस सम्मिलित सरकारको भण्डाफोर गर्न पछि पर्दैनन् । ललितपुरका उदय शमशेर राज्य यस्ता विकृतिका बारेमा बोल्न जान्दैनन् ।
एमाले भन्दा कांग्रेस कै मन्त्री सफल
प्रधानमन्त्री नै असफल भएको कक्षामा कांग्रेसका कानुन परराष्ट्र र स्वास्थ्यमन्त्रीको सफलताले पार्टीको नाक रहे पनि पर्यटन क्षेत्रमा भने केही आश भएको छ । ऊर्जाका लुटाहा र खेलकुदका विवादितले कृषि मन्त्रीको काम पनि छेकेकै छन् । कांग्रेसले दशा लागे र केपी ओली जस्तो देशघाती चरित्र बोकेको हो ।
जुन शक्तिबाट लगानी आउँदैन जसले विश्व बैंकका दलाललाई आर्थिक सल्लाहकारको पद दिन्छ त्यसबाट कांग्रेसले के अपेक्षा गरेको हो प्रश्न उठ्छ । देशको अवस्था वास्तै नगरी कोष रित्याउन सफल प्रधानमन्त्रीबाट आफ्नै मातहातका निकायहरुलाई कतिसम्म निचारिन्छन् भन्ने देखायो ।
कार्यसम्पादनमा सरकारले ३५ अंकलाई उत्र्तीण ठहर गर्दा प्रधानमन्त्री आफैं २८, ५ अंकमा थचारिए भने यिनको सम्बृद्धि र विकासको पारो कस्तो रहेछ छर्लङ्ग भयो । जसले यो गठबन्धन बनाएर शान्ति र स्थिरता जुरुक्क उठ्छ भन्ने सोच्यो उसले नै ओली सरकारको औचित्य समाप्त भएको बताउँदैछ ।
कांग्रेसका मन्त्रीहरु गृहमन्त्री रमेश लेखक प्रहरीभित्र कांग्रेसीकरण गर्दै उमेर पुगेका युवा युवती कानुनी रुपमा अदालती विवाह बन्धनमा जोडिए पनि प्रहरी लगाएर एक अर्कालाई छुटाउने कांग्रेसी समानताको असमानता नीति कायम गर्ने बहादुर हुन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल र परराष्ट्रमन्त्री डा.आरजु सफल छिन् । ओली सरकारमा भ्रष्टाचारका नायकहरु धेरै छन् । शासन कमजोर छ । व्यवस्था माथि प्रश्न उठेका छन् । कानुनी राज, विधिको शासन विवादमा छ । सरकारले आफ्नै अग्रसरतामा कुनै काम गर्दैन । सडक मर्मत छैन ।
प्रधानमन्त्री २० किमीको सडक यात्रामा राज्य स्रोत खर्चेर घण्टाको १ लाख ३५ हजार खर्च हुने हेलिकप्टरमा सयर गर्छन् । कुनै दिन बालुवाटार र सिंहदरबार यात्रा पनि हेलिप्याडमा भयो भने नौलो हुँदैन । सडकमा आक्रोश चुलिँदै छ । कांग्रेस र एमाले संसदीय कालमै असफल शक्ति हुन् ।
यी दुुवै दलले संघीय गणतन्त्रको फाइदा लिन्छन् । जनपेक्षा पुरा गर्दैनन् भन्ने कुरा यो सरकारले बिताएको आठ महिना हो । जुन समयमा सरकारका सबै मन्त्रीहरु कार्यक्षमतामा सफल हुनुपथ्र्यो । तर, २२ सदस्यीय मन्त्रिमण्डल पूर्णत असफल भएको खबर दबाबमा उल्लेख छ ।
प्रम ओलीको सफलता भनेकै निरंकुश कानुन ल्याउने र राज्य स्रोत माफिया प्रेमी बन्ने बनाउने हो ।





















प्रतिक्रिया