Logo

प्रमुख समाचार

गरिबी निवारणलाई प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिएका छन् । उनले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिका माध्यमबाट गरिबी निवारण गर्न सकिने धारणा व्यक्त गरे ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग आगामी कार्यदिशा र योजनाको विषयमा विमर्श गरे । यस क्रममा उनले पूर्वाधार विकासको काम लगभग पूरा भई सकेपछि अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धिमा ध्यान दिनुपर्ने जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, “हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ। सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ। जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ ।”

योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले १६औं योजनाको कार्यान्वयन र यसका चुनौतीहरू, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड, अधुरा योजनामाथिको विश्लेषण र परियोजना विश्लेषणको नयाँ मापदण्डबारे जानकारी दिए । उनले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १४:४४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।