Logo

प्रमुख समाचार

स्ववियु निर्वाचन : त्रिविका ४५ आंगिक क्याम्पसमा मतदान जारी

काठमाडौंका मुख्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ ।

काठमडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ ।

चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको शिक्षाध्यक्ष खड्ग केसीले बताए ।

निर्वाचनको तयारी पूरा भएपछि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ । रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ ।

त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा चुनाव रोकिएको छ ।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ का लागि चुनाव तोकिएको छ । त्रिविको भैरहवा, बुटवल र जनकपुरको क्याम्पसमा पनि स्थगित भएको छ । स्थगित भएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १०:१०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।