काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बाेलाएको छ ।
यही १० गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक तय गरिएको कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ । कार्यसम्पादनमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।




















प्रतिक्रिया